top of page
Teej Celebration, August 21st, 2020

तिजको लहर यसरि नै हरेक वर्ष आओस वरी  लै 

 

लालीगुराँस संयुक्त राष्ट्र अमेरिका स्थित सम्पूर्ण नेपाली महिलाहरुको साझा मंच हो। यस साझा मंचले बेलाबखत गर्ने कार्यक्रमहरु मध्धे शिकागोमा हुने तिजको कार्यक्रम अतिनै लोकप्रिय मानिन्छ। "कर होइन रहरले हो" भन्ने मनशाय लिएर आफ्नो संस्कृतिको जगेर्ना गर्दै यसपालिको तिज कार्यक्रम कोभिड -१९ ( महामारी ) को कारणले एकजुट हुन् नपाए पनि आफ्नो घरमै रही मनाएको दृश्यहरु जूम मार्फत प्रतक्ष्य प्रसारण एकदमै रोमान्चकारी रहेको थियो। जसले लालीगुराँस को “For Us By Us” भन्ने नारा  सार्थक  गरेको देखिन्छ। 

 

यसपाली को कार्यक्रम मा यी प्रतियोगिताहरु समाबेश गरिएका  थिए  र संयोजकहरु को नामावली यस प्रकार रहेका थिये ।

 

 प्रतियोगिता को नाम                                                             प्रतियोगिता संयोजक हरु  

१.   पाककला ( दर )                                                               संयोजक :   रेशिका र मनिषा

२.  फोटो च्यालेन्ज  (पारम्परिक तिजको पहिरनमा फोटो              संयोजक :   शैली  

३.  गायन र नृत्य, प्रहसन तथा हास्य व्यंग, टिकटक                      संयोजक :   कोमल र स्मारिका 

     (३० सेकेण्ड को श्रब्य दृश्य )       

४.   ठिक अनुमान लाउने ( चुरा टिका )                                      संयोजक :   अन्जली  

५ .  कुराकानी तिज / अन्तरक्रिया  ( तिजको बारे )                       संयोजक :   संगीता     

६ .  लालीगुराँस विचार                                                             संयोजक :    स्मारिका 

कार्यक्रम लाइ मुर्त रुप दिन पुरस्कार का सहयोगीहरु बिभिन्न व्यक्ति तथा ब्यापारिक संस्थाहरु लाई  ह्रिदय देखिनै धन्यबाद दिनै पर्दछ जो यसअनुसार  हुनुहुन्छ :

 

१. कविता जोशी  २. जे जे  टेक्स  ३.  करी हाउस  ४.  नेपाल हाउस ५.  कोमल दत्ता  ६. स्मारिका सिटौला  ७.ज्योतो अधिकारी  ८. अनिमा रेग्मी  ९.  संगीता  वोगटी  १०.  सारा मिट  ११.  रेशिका दाहाल  १२.  पुजा  चापागाईं  १३.  कान्ति चटौत  १४.  बुलु जमकट्टेल  १५.  तुलसा थ्रेडिङ्ग  १६.  स्तुति  सुब्बा १७.  मुवा  ( प्रमिला दिदि को )  १८.  जुनो  तुलाधर  १९.  रमि  पन्त  २०.  मनिषा  भट्टराई  २१.  रेवा  खड्का  २२.  हिमालयन  रेस्टुरेन्ट  २३.  दिप्तिका खनाल 

 

प्रतियोगिता का  बिजयिहरु गोलाप्रथाद्वारा चयन गरिएका  थिए । यस कार्यक्रमको प्रतक्ष्य प्रसारण  विस्वभरि वाट ६  हजार २००  मानिसहरुले हेरेका थिए।  यस प्रतक्ष्य प्रसारण लाइ अत्यन्तै सफल रुप दिन प्राबिधिक सहयोग पुरयाउनु हुने कोमल दत्ता र स्मारिका सिटौला लाइ बिशेष धन्यवाद।  हाम्रो लागि हामीद्वारा गरिएको सो तिज कार्यक्रम सफल बनाउन आफ्नो अमूल्य समय दिनुहुने सबै दिदि बहिनीहरु लाइ पनि  मुरी मुरी धन्यवाद छ।  आगामी दिनहरुमा पनि यसैगरी नै  माया र सदभाब संगाल्दै अगाडि बढौ, हामि फलौ फ़ुलौ, आफ्नो संस्कृति जगेर्ना गरौ । 

अर्चना रेग्मी

bottom of page